इटहरी : इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहूमुखी क्याम्पस भित्र टिकटक बनाउन निषेध गरिएको छ। क्याम्पस प्रशासनले विज्ञप्ति जारि गर्दै क्याम्पस परिसर भित्र 'टिकटक' बनाउन नपाउने नियम बनाएको हो ।
क्याम्पसको विज्ञप्तिमा विद्यार्थीहरूले टिकटक भिडियो बनाउने र अल्मलिने क्रम बढ्दै गएपछि 'टिकटक' नबनाउन निर्देशन दिएको उल्लेख गरेको छ । सामाजिक सञ्जालमा क्याम्पसको नाम, लोगो तथा इमेल ठेगानाको दुरुपयोग गरी फेसबुक एकाउन्ट हरू बनाउने काम भएकोले त्यस्ता खाताहरू तुरुन्त बन्द गर्न र अन्य खाता नखोल्न समेत जानकारी गराएको छ ।
विज्ञप्तिमा टिकटक बनाउन साथै क्याम्पसको प्राङ्गण भित्रका कुनै पनि गतिविधि क्याम्पसको अनुमति बिना सामाजिक सञ्जालमा अपलोड गरिएको पाइए प्रचलित कानुन बमोजिमको कारबाही गरिने उल्लेख गरिएको छ ।









































































