धरान: धरानस्थित केन्द्रीय प्रविधि कम्याम्पसमा आजदेखी ‘हात्तिसार एक्पो–२०२०’ सुरु भएको छ ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको आयोजना तथा स्वतन्त्र विद्यार्थी यूनियनको सह–आयोजनामा क्याम्पस परिषरमा सुरु भएको एक्स्पोको उद्घाटन संघीय सांसद जयकुमार राईले गरेका थिए । एक्स्पोमा विज्ञान प्रविधि सम्बन्धिका विद्यार्थीहरुको श्रृजनाहरुलाई प्रदर्शनीमा राखिएको छ । खाद्य, विज्ञान तथा पोषण प्रदर्शनीका ५० वटा स्टलहरु राखिएको छ ।
एक्स्पोमा प्रत्येक संकायको तीन वटा स्टल राखिएको छ । एक्स्पोको मुख्य आकर्षणमा परम्परागत तथा आधुनिक खानाका परिकारका राखिएको छ । यस्तै, जलबायु परिवर्तन सम्बन्धी प्रदर्शनी, मानिसलाई दैनिक काममा प्रयोग हुने औजाहरुको प्रदर्शनी, बैज्ञानिक आबिष्कारहरुको प्रदर्शनी, धरान क्षेत्रको भौगरर्भिक नमुना प्रस्तुत गरिएको छ । त्यति मात्र हैन, औषधिजन्य विरुवाहरुको बारेमा जानकारी दिइदैछ ।

जिवजन्तु सम्बन्धी खोजमुलक जानकारी दिने, पोषण जाँच तथा परामर्श सेवा, कोरोना भाइरस र डेङ्गो रोगको बारेमा समेत सचेत गराइदैछ । विद्यार्थीहरुले ब्लड ग्रुप, प्रेसर जाँच र सुगरको जाँच समेत गर्ने व्यावस्था छ । धरानको निजी तथा सरकारी विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले एक्स्पोको अवलोकन गरेका थिए । एक्स्पोमा विभिन्न विद्यालय तथा शैक्षिक केन्द्रहरुले आफ्नो सुचना मुलक स्टल समेत राखेका छन् ।
क्याम्पसका माइक्रोबाइलोजी विभागीय प्रमुख एबंम एक्स्पोका प्रचार प्रचार संयोजक धिरेन लिम्बुले एक्स्पोमार्फत क्याम्पसको गतिविधलाई बाहिर ल्याउनको लागि एक्स्पोको आयोजना गरिएको बताए । ‘अहिले विज्ञान र प्रविधिको क्षेत्रमा, खाद्य, माइक्रोबायोलोजीलगायतको क्षेत्रमा नयाँ–नयाँ के आइरहेको छ त्यसको बारेमा विद्यार्थीहरुलाई हामी जानकारी गराउँछौं’ उनले भने ‘हामीले विभिन्न विषयमा अध्ययन अनुसन्धान गरेका कुराहरु क्याम्पसको कोठामा मात्र सिमित रहेकोले यसलाई समाजसम्म पु¥याउनुपर्छ सबैलाई जानकारी गराउन एक्स्पोले सहयोग पु¥याउछ ।’

एक्स्पोको अवलोकनको लागि प्रदेश १ का विभिन्न जिल्लाका विद्यालयहरुलाई पत्राचार गरिएको बताए । क्याम्पसका एमएसी माइक्रोबायोलोजी चौथो सेमेस्टारमा अध्ययनरत सुजन कार्कीले आफुहरुले अध्ययन गरिरहेको विषयका बारेमा धेरैलाई थाहै नहुने बताए । त्यसैले आफुहरुले अध्ययन गरेको विषय समाजलाई जानकारी गराउनको लागि क्याम्पसले यस्ता एक्स्पोको आयोजना गर्नुपर्नेमा जोड दिए । ‘हामीले के पढ्दै छौं त्यो धेरैलाई थाहै हुदैन त्यसैले यस्ता एक्स्पोको आयोजना गरेर सबैलाई बुझाउ जरुरी छ ।’ उनले भने ।
क्याम्पसका एमएसी चौथो सेमेस्टारमा अध्ययनरत सुस्मीता चौधरीले एक्स्पोले विद्यार्थीहरुमा सिकाईको आदान प्रदान हुने बताइन् । ‘एक्स्पो आयोजना गर्नु विद्यार्थीको लागि धेरै राम्रो कुरा हो’ उनले भनिन् ‘जस्तो म माइक्रोबायोलोजीको विद्यार्थी हुँ तर, मैले अन्य फ्याकल्टीको बारेमा क्षेत्रको बारेमा जान्ने अवसर मिल्छ ।’ करिब ३२ वर्षको अन्तरालमा क्याम्पसमा एक्स्पोको आयोजना गरिएको सह–प्राध्यापक एंबम क्याम्पसका निमित्त प्रमुख डा.दिलकुमार लिम्बुले बताए । २०४५ सालमा तत्कालिन राजा विरेन्द्रको भ्रमणका क्रममा क्याम्पसले विभिन्न घरेलु उत्पादनहरुको प्रदर्शनी गरेको थियो ।









































































