काठमाण्डौं: आन्दोलनको क्रममा राजधानीबाट मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी केही बेरअघि पक्राउ परेका हुन् । नेता गजुरेल पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै पक्राउ परेका उक्त पार्टी अन्य नेतारकार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ।
सीमा मिचिएकोलगायत विषयलाई लिएर आन्दोलन गर्ने क्रममा गजुरेललगायतको समूहले प्रहरीमाथि पनि ढुंगामुढा गरेको छ।ढुंगामुढा गर्दा एक जना प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक सामान्य घाइते भएको सुवेदीले बताए। पक्राउ परेका गजुरेल वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत हुन् ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































