धरान : धरानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी धरान उपमहानगर कमिटी गठन भएको छ । धरानमा शुक्रबार सम्पन्न कमिटी गठन भेलाले प्रशान्त पाठकको अध्यक्षतामा १७ सदस्यीय नगर कार्य समिति गठन गरेको हो । कमिटीको उपाध्यक्षमा शेखर रेग्मी, सचिव अच्युत न्यौपाने, सहसचिव उत्सव दाहाल, प्रविन खत्री, कोषाध्यक्ष प्रियंका खतिवडा रहेका छन् ।
यसैगरी सदस्यीयहरुमा प्रज्वल घिमिरे, विक्रम लिम्बु, लक्ष्मी भट्टराई, अभिषेक कट्वाल, उत्सव पोख्रेल, प्रतिक ओझा, दिपेन्द्र खड्का, अशेष रेग्मी, मधुशुधन लोहनी, आशिष पोखरेल, प्रमेश पौडेल, राजिव सिटौलालाई चयन गरेका छन् ।
कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाले खेलकुद मार्फत आफु सङ्गसंगै सामाज र रास्ट्रको गरिमा बढाउने माध्यम रहेको बताए । साथै उनले व्याक्तित्व निर्माण बैचारिक अनुशासित साथै दक्ष जनशक्ति उत्पादन गर्न सक्ने माध्यम यस स्पोर्ट्स एकेडेमीमा रहेर मदन भण्डारीका बिचार र बिमर्श सहितको समाज परिवर्तनको पक्षमा अगाडि बढने बताए ।
उक्त कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका सचिव किशोर कार्की, मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश सदस्य टीका राम घिमिरे, युवा विद्यार्थी नेता टीका राम माङ्लेन लिम्बू, मदन भण्डारी स्पोर्टस् एकेडेमीका जिल्ला अध्यक्ष होमनाथ धमला, सचिब सुदेश चापागाईं, अनेरास्ववियु सुनसरी अध्यक्ष जिबि गजल, उपाध्यक्ष रोशन रेग्मी, म अधि बढ्छु कार्यक्रमका सुनसरी संयोजक अर्जुन बिष्ट, अनेरास्ववियु रा.प.स.को उपस्थित प्रशान्त पाठक लगायतको उपस्थिति रहेको थियो ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































