काठमाडौं : इजिप्टस्थित नेपाली दूतावासले द्वन्द्वग्रस्त लिबियामा फसेका २२ नेपालीलाई उद्धार गर्न शान्ति मिसनमा खटिएका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम०लाई अनुरोध गरेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रमा लिबिया सरकारको प्रभावकारी उपस्थिति नहुँदा उनीहरुलाई उद्धार गर्न कठिनाइ भएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार राजधानी त्रिपोलीमा मानवीय अवस्था जोखिमपूर्ण बन्दै गएको छ । दूतावासले फसेका नेपालीलाई सुरक्षाका लागि नेपाली सेनाको क्याम्पमा ल्याएर राख्ने प्रयास भइरहेको जनाएको छ । –कान्तिपुर दैनिकबाट





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































