धरान: प्रदेश नं १ को राजधानी धरानलाई घोषणा गर्न माग गर्दे प्रदेशसभा विराटनगर अघि प्रर्दशन शुरु भएको छ ।

धरानबाट गएको सर्वदलीय एवं नागरिक समाजको संयुक्त टोलीले प्रदेश सभाअघि प्रर्दशन गरेको हो । उनीहरुले धरानलाई प्रदेशको राजधानी घोषणा गर्न भन्दै नाराबाजी पनि गरिरहेका छन् । साथै, प्रदेशको राजधानी धरानलाई घोषणा गर भन्ने पर्चासहित धरानबासीहरुले सिठि जुलससमेत निकालेका थिए । प्रदेशको राजधानी धरानलाई घोषणा गर्न माग गर्दे ५ वटा बसमा धरानबाट राजनीतिक दल, जनप्रतिनिधि तथा नागरिक समाजको टोली विराटनगर गएका छन् ।

raajdhaani-dhrn

प्रदेशको राजधानी घोषणा गर्ने तयारी भइरहदा धरानमा कुनै पनि संरचना नल्याउने सम्भावना बढेपछि धरानबासीहरु आन्दोलित भएका हुन् । सरकारले वृहत विराट क्षेत्रलाई राजधानी घोषणा गरेपनि राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमै सिमित गर्ने सम्भावना बढेको छ । धरानमा कुनै पनि संरचना नआउने भएपछि हिजो साँझ आकस्मिक सर्वदलीय बैठक बसेर आज विराटनगरमा घेराउ तथा धर्ना बस्ने कार्यक्रम तय गरिएको थियो । सोही बैठक अनुसार आज धरानबासीहरु प्रदेशसभाअघि प्रर्दशन तथा घेराउ गर्न गएका हुन् ।

आजै धरानको सर्वपक्षीय टोलीले मुख्यमन्त्री, नेकपाका प्रदेश इञ्चार्ज, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउने पनि कार्यक्रम छ । प्रदेशसभामा आज सम्भवत राजधानीको मात्र प्रस्ताव दर्ता हुदैछ ।

तस्बिर सौजन्य: नवराज राई

raajdhanis