लहान : लहान नगरपालिका ३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव फेला परेको छ । खेतमा फालिएको नवजात शिशुको(छोरा) शव स्थानीयको सूचनाको आधारमा प्रहरीले फेला पारेको हो ।

शनिबार दिउँसो करिब १८ हप्ताको नवजात शिशुको शव फेला परेको लहान प्रहरी प्रमुख डिएसपी राजेस थापाले बताए । अनैतिक सम्बन्धबाट गर्भधारण भएको वा लिंग पहिचान गरेर भ्रूण हत्या गरी फालिएको अझै प्रस्ट नभएको उनले बताए । प्रहरीले घटनामा संलग्न रहेको शंकामा एक जना युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए । ती युवतीलाई अस्पतालमै प्रहरी निगरानीमा राखिएको छ । घटना अनुसन्धानका लागि आवश्यक स्वास्थ्य जाँच गराउनुपर्ने भएर उनलाई अस्पतालमै राखिएको थापाले बताए ।

–नागरिक पूर्वेली दैनिकबाट