विर्तामोड : नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पाखरेलले पूर्वको पशुपतिनाथको नामले प्रशिद्ध अर्जुनधारा जलेश्वर धामकोे दिर्घकालिन विकासका लागि गुरुयोजना तयारी गरे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धाम समितिले आयोजना गरेको एक कार्यक्रमबिच उपप्रधानमन्त्री पोखरेलले सयौं वर्ष टिक्ने व्यवस्थित गुरुयोजना बनाउन आग्रह गरेका हुन् ।
राजनीतिक दलले मान्छेलाई विभाजन गर्छ तर धामको विकासका लागि एकताबद्ध कार्यसमिति हुनु खुसीको कुरा भएको बताउँर्दै मन्त्री पोखरेलले गुरुयोजना तयार गर्दा त्यसको मर्म, विज्ञता र जानकारी राख्ने सम्मिलित हुनु पर्नेमा सुझाव दिएका थिए ।
दिर्घकालिन गुरुयोजनाको कार्यान्वयन सहजता ल्याउन सबैभन्दा जनता बलशालि भएकाले जनताको साथ समर्थन अनिवार्य भए त्यसले विकासको जग दहे हुने उनको भनाई थियो । आफूले देखेको कुरा मन्त्री परिषदमा उठाउने इशारा व्यक्त गर्दै पोखरेलले भनर्, प्रधानमन्त्री झापाकै भएकाले अंग पूराएर ल्याएको चिज पूरा हुन्छ, त्यसका लागि चाँडै धाम समितिलाई गुरुयोजना ल्याउन आग्रह गरे । ’
यहाँको स्थानीय सरकार अर्जुनधारा नगरपालिकामार्फत संघीय सरकारसम्म कोरीबाटी गरी शुद्ध गुरुयोजना ल्याए धाम समितिको विकास योजना पूरा हुने दाबी गरेका छन् । मन्त्री पोखरेलले सुरक्षा निकायको विषय औपचारिक ढङ्गले स्थानीय सरकारले गरेँ त्यो पूरा हुने बताउँर्दै आफूले पनि त्यसका लागि सहयोग गर्ने बताए ।
नेपालमा विकास हुने तर ती चिजहरुको सूरक्षा नहुने खत्तरा रहेको जनाउँदै मन्त्री पोखरेलले जनता सचेत भई व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए । उनले भनेर्, सन्धी, सम्झौता कागज छैन् तर विदेशी पुस्तकालय र संग्राहलयमा हुने अवस्था छ, पुर्खाहरुले हजारौ वर्ष बनाएका चिजहरु यहाँ नहुने विदेशी मिजीयमा रहने परिदृश्य देखिएकाले जनता त्यसको व्यवस्थापनमा लाग्नुपर्नेमा उनको जोड थियो । ’धाम समितिका अध्यक्ष नवीन घट्टानीले मन्त्री पोखरेलको सल्लाह, सुझावलाई प्रक्रियागत ढङ्गले अगाडि बढाउने बताए । उनले मोक्षेश्वर शिवलिङ्ग, ऋषीमुनि प्रकृतिको गुरुकुल, मन्दिर निर्माण सहित आयुर्वेद चिकित्सालय बनाउने भावी योजना समेत पेश गरेका थिए ।
जलेश्वर धाममा मन्त्री पोखरलेलाई अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार राना, धाम समितिका अध्यक्ष नवीन घट्टानी, वडा–१० अध्यक्ष बलदेव गोम्देन, योजना अधिकृत हिमराज सेडाई, वडा–४ अध्यक्ष दुर्गा दाहाल, वडा–७ अध्यक्ष नवराम ढुङ्गना, वडा–८ अध्यक्ष गोपिचन्द्र गौतम, वडा–१ अध्यक्ष गजाधर खतिवडा, युवा संघ नपाल प्रदेश कमिटी सदस्य गजेन्द्र खनाल लगायतले स्वागत गरेका थिए । कार्यक्रम संचालन धाम समितिका अम्बिका खतिवडाले गरेका थिए ।


































































