सप्तरी : अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ महुली पुलमा आइतबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा बस चालकसहित १३ जना घाइते भएका छन् ।
सप्तरीको पूर्व पश्चिम सडकको जिल्ला पूर्व पश्चिम सडकको बकधुवास्थित महुली पुलमा काठमाडौंबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना. ६ ख ३१८९ नम्बरको यात्रुबाहक बस बिहान करिब पौने ६ बजेतिर पुलबाट नौ फिट तल खसेर दुर्घटना भएको हो ।
बसमा चालकसहित २४ जना रहेका मध्ये दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सबैभन्दा बढी झापाका नौ जना, पाँचथरका दुई, सुनसरीका एक र सिन्धुलीका बस चालकसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अन्य घाइतेको महुलीस्थित सिटीकेयर अस्पताल र धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।








































































