झापाः खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अघि नै खेलसँग सम्बद्ध संघहरुको विवाद टुङ्गयाउने बताएका छन् ।
झापा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित सुखानी शहीद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्दै मन्त्री विश्वकर्माले संघहरुको विवाद मिलाउन आफुहरु लागि परेको बताए । मन्त्री विश्वकर्माले युवा तथा खेलक्षेत्रलाई आवश्यक दक्ष जनशक्ति लोकसेवा आयोगमार्फत नियुक्ति गरिने पनि बताए । खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नु अघि कर्मचारी नियुक्ति हुँदै आएको स्मरण गराउदै उनले १० महिनायता नियुक्ति नदिइएको र अब प्रक्रिया पु¥याएर मात्र नियुक्ती हुने पनि स्पष्ट पारे ।








































































