धरान:२१ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकप प्रमोशन कपको उपाधि धरान उपमहानगरपालिकाअन्र्तगतको नगर खेलकुद विकास समितिले जितेको छ ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा नेपाल पत्रकार महासंघ सुनसरीलाई १–० गोलको झिनो अन्तरले हराउदै नगर खेलकुद समितिले उपाधि जितेको हो । खेलको दोस्रो हाफको इन्जूरी समयमा खेलकुद समितिका सुजन बस्नेतले निर्णायक गोल गदै उपाधि दिलाएका थिए । उपाधिसँगै नगर खेलकुद समितिले नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पार्यो भने फिनिसिङ गर्न चुक्दा उपविजेता बनेको पत्रकार महासंघले नगद १५ हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझाउनु पर्यो ।

IMG_9908

पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफको इन्जूरी समयमा किशन राईले प्रहार गरेको कर्नरलाई हेडमार्फत सुजनले सुन्दर गोल गदै जाली चुमाए । फाइनलको म्यान अफदि म्याच र सर्बोकृष्ट खेलाडी घोषित हुदै सुजनले क्रमशः नगद १ हजार र ५ हजारसहित ट्रफी हात पारे । यस्तै, खेलकुद समितिका किशन राई बेष्ट मिडफिन्डर घोषित हुँदै नगद २ हजार र ट्रफी हात पारे ।
त्यसैगरी, बेष्ट फरवार्ड र हाइ स्कोरको पुरस्कार पत्रकार महासंघका धीरेन लिम्बू घोषित हुदै क्रमशः नगद २ हजार र ३ हजारसहित ट्रफी हात पारे । उनले खेलकअवधिभर ३ गोल गरेका थिए । यस्तै, बेष्ट गोलकिपर पत्रकारका विकी श्रेष्ठ घोषित हुँदै नगद २ हजार थापे भने बेष्ट डिफेन्स खेलकुद समितिका रिकेश लिम्बू घोषित हुँदै २ हजार रुपैयाँ पाए ।

IMG_9901

विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, आयोजक धरान फुटबल क्लबका अध्यक्ष तथा एन्फा मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राई, पुर्वराखेप सदस्य प्रभु श्रेष्ठ, नेपाली काग्रेसका नगर सभापती तिलक राई, एसिसि अध्यक्ष राजेन्द्र गुरुंगलगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए । पत्रकार महासंघ टिमले सेमीफाइनलमा एसीसी धरानलाई हराउदै फाइनल पुगेको थियो भने नगर खेलकुद समितिले आयोजक धरान फुटबल क्लवलाई हराउदै फाइनलमा पुगेको थियो ।

IMG_9874

माघ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकसहित यातायात व्यावसायि संघ धरान, एसीसी धरान, बराह ज्वेलरी इ.प्रालि. नेपाल पत्रकार महासंघ, बंकर्श एशोसिएसन धरान, उद्योग बाणिज्य संघ सुनसरी र धरान नगर खेलकुद विकास समितिको सहभागीता रहेको थियो । यही माघ २६ गतेदेखि शुरु हुने २१ औं बुढासुब्बा गोल्डकपको प्रचार प्रसार गर्ने उद्देश्यले प्रमोशन कप आयोजना गरिएको हो ।

IMG_9824 IMG_9842