पथरी : प्रथम नगरस्तरिय महिला फुटवल प्रतियोगिताको फाइनलमा पथरीशनिश्चरे र कानेपोखरीबीच उपाधिको लागि भिडन्त हुने भएको छ ।

पथरीमा जारी प्रतियोगिताको अन्तिम सेमिफाइनलमा सुन्दरहरैचालाई सडन डेथमा पाखा लगाउदै पथरीशनिश्चरे फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा सुन्दरहरैचाले अग्रता लिएपनि त्यो अग्रता २५ सेकेन्डमै तोडिएको थियो । सुन्दरहरैचाकी कोपिला लिम्वुले गरेको गोलले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइममा पथरीशनिश्चरेका डिफेन्सको गल्तिको फाइदा उठाउदै गोल गरेकी थिइन् । लिम्वुले गोल गरेको २५ सेकेन्ड पछि नै पथरीशनिश्चरेकी पविना मगरले सेन्टरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । पविनाको प्रहारलार्इ सुन्दरहरैचाकी गोलकिपरले ठम्याउन नपाउदै गोलले जाली चुमेको थियो ।
दोश्रो हाफको निर्धारित समयसम्म दुवै टोलीबाट निर्णायक गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलियो । ट्राइवेकरमा पथरी की संम्रचना प्रधानको प्रहार वाहिरीए पनि पथरीशनिश्चरेकी मुना मगर, जमुना मगर, पविना मगर, किरण लिम्वु र एलिना सम्वाहाम्फेले गोल गरेका थिए । सुन्दरहरैचाकी निर्मला चौहान, पवित्रा राई, खुसी राई, मनिषा विष्टको प्रहार गोलमा परिणत हुदा लक्ष्मी योगी र कोपिला लिम्वु गोल गर्नबाट चुकेका थिए ।

सडन डेथमा पथरीशनिश्चरेले बाजी मार्यो । प्रतियोगिताको फाइनल वुधवार हुनेछ ।
आजको खेलको वुमेन अफ दि म्याच विजयी टोलीकी गोलकिपर अनिता मगर घोषित भइन् । प्रतियोगिताको विजयीले नगद २५ हजार र ट्रफि जित्ने छन भने उपविजेताले नगद १५ हजार र ट्रफि जित्नेछन् । प्रतियोगीताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोककिपर, उच्च गोलकर्तालार्इ समेत पुरस्कृत गरिने खेल संयोजक निता राईले जानकारी दिइन । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी ले संयुक्त आयोजना गरेको प्रतियोगितामा मोरङ्गका विभिन्न ६ गाँउपालिका र नगरपालिकाका महिला खेलाडीको सहभागीता रहेको छ । ्