इटहरी: अरुमा भएको प्रतिभाको वर्णन गर्दै शब्द उन्नेर समाचार लेख्ने सुनसरीका पत्रकारहरुले मंगलबार भने आफुमा भएको प्रतिभाहरु प्रस्तुत गर्दा कार्यक्रमस्थल तालीले गुञ्जमान बन्यो ।

नेपाल पत्रकार महासंघ सुनसरीले ११ औं स्थापना दिवसको अवसरमा पारेर आयोजना गरेको सञ्चारकर्मीहरुको र्सिजना र प्रतिभा प्रस्तुती एवं फोटो प्रर्दशनी कार्यक्रममा पत्रकारहरुले आफुमा रहेको प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकारहरुले गजल, कविता, गीत प्रस्तुत गर्दा कार्यक्रमस्थल इटहरीको दुर्गा पाटी प्यालेर तालीले गुञ्जयमान बन्यो ।

49268395_365000397597024_3562844271620915200_o copy

सञ्चारकर्मीहरुको र्सिजना र प्रतिभा प्रस्तुती एवंम फोटो प्रर्दशनी कार्यक्रममा प्रदेश नम्वर १ का प्रदेश प्रमुख गोविन्द तुम्वाहागंले एक कार्यक्रम बीच गरेका थिए । कार्यक्रममा सार्क कवि मनु मञ्जील, पत्रकार सुविद गुरागाई, यात्री शेखर, वेदराज पौडेल, रामप्रसाद खरेल लगायतले कविता गजल सुनाएका थिए । त्यसैगरी कार्यक्रममा पत्रकारिता क्षेत्रमा प्रयोग भएका पुराना पुस्ताका प्रविधिका सामाग्रीदेखि सुनसरीका पत्रकारहरुले लेखेका पुस्तक र फोटोहरु समेत प्रर्दशनीमा राखिएको थियो । साथै सञ्चारकर्मीहरुका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।