काठमाडौ: संसदको सार्वजनिक सुनुवाई विशेष समितिको बैठकले सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतले स्वीकृत गरेको छ ।

आजको बैठकले उनी विरुद्ध परेका उजुरी माथि छलफल गर्दै प्रधान न्यायाधीशमा जबरालाई स्वीकृत गर्ने निर्णय गरेको हो। न्याय परिषदले सिफारिस गरेपछि संसदीय सुनुवाई भएको थियो । समितिले अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले नियुक्त गर्नेछिन् । वर्तमान प्रधानन्याधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश पाउदैछन् । त्यसैले एक महिना अघि नै संवैधानिक परिषदले चोलेन्द्रको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिमा चोलेन्द्रविरुद्ध ९ वटा उजुरीहरु परेको थियो । उजुरीबारे जबरासँग छलफल गरेपछि समितिले सर्वसम्मत नाम अनुमोदन गरेको हो । न्यायपरिषद सचिवालयले न्यायाधीशद्वय जबरासँगै र दीपकराज जोशीको विवरण संवैधानिक परिषदमा पठाएको थियो । जोशी भने यसअघि नै संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेका थिए । त्यसैले जबरा प्रधानन्यायाधिश हुने लगभग पक्का जस्तै थियो । उनको चार बर्षको कार्यकाल रहने छ ।