धरान: सेवक अभियानले धरानमा हरेक शनिबार स्वास्थ्यको लागि पदयात्रा कार्यक्रम आयोजना गर्छ । धरान र आसपासको विभिन्न पर्यटकीय गन्तव्यहरुमा पदयात्र गर्ने यो अभियानले हिजोआज व्यापकता पाइरहेको छ । पदयात्रामा हरेक साता पदयात्रामा संख्या पनि बढ्दै छ ।

तिनै पदयात्रीहरुमा पर्छन्, चर्चित गायक गंगा वरदान । उनी पनि सेवक अभियानको पदायात्री बनेर हिडेको थुप्रै साता बितिसक्यो । प्राकृति, भुगोलसँग नजिकिदै हिड्नुको मजा र अनुभूति बेग्लै हुन्छ । तिनै ६५ बर्षीय गायक गंगा वरदान हिजो सोमबार पनि धरानबाट हिडेरै भेडेटारसम्म पुगे । सातौ भेडेटार फुड फेस्टिवलको अवसरमा आयोजित च्यारिटी पदयात्रामा करिब ६ घण्टा हिडेर भेडेटार पुगेका गायक वरदानको अनुहारमा थकित भएको कुनै संकेत थिएन ।

aDSC03056

उल्टै उनले रमाइलो भएको प्रतिक्रिया पो दिए । ‘सधै रमाइलो हुन्छ, आज त झनै रमाइलो भयो,’भेडेटारमा भेटिएका गायक वरदानले भने,‘आज त मुख्यमन्त्री पनि आउनु भयो, भेडेटारकये उत्थान हुन्छ, विकास हुन्छ । राम्रो कुरा हो ।’ हिड्दा स्वास्थ्यको लागि धेरै फाइदा पुग्ने भएकोले आफु हरेक साता पदयात्रामा जाने गरेको पनि गायक वरदानले बताए । साथै, प्राकृतिसँग प्रत्यक्ष घुलमिल गर्न सकिने, ऐतिहासिक ठाउँहरुबारेमा पनि जानकारी पाउने भएकोले आफु पदयात्रामा जाने गरेको गायक वरदानले बताए । ‘पहिलो कुरा त स्वाथ्यलाई एकदमै राम्रो हुन्छ । अर्को कुरा नेचरसँग फेस टु फेस हुदा आयु पनि बढ्छ,’ हाउभाउ,गायकी र गेटअपले चर्चित गायकले आफ्नै शैलीमा भने,‘नयाँ नयाँ र ऐतिहासिक ठाउँबारे पनि थाह पाइन्छ ।’

आफु ६५ बर्ष उमेर पुगेको जानकारी दिदै गायक वरदानले अहिलेसम्म लौरो टेक्नु नपरेको भन्दै त्यसैमा आफुलाई आनन्द लागेको बताए । आफु बढो भए, दुःखी, गरिब छुँ भन्ने कहिल्यै पनि नसोच्ने उनको भनाई थियो । ‘लौरो टेकेको छैन, हिड्न सक्छु । बुढो, गरिब, दुःखी, पिछडिएको छुँ भन्ने कहिल्यै सोच्दै सोच्दिन,’उनले भने ।

प्रदेश सांसद पनि पदयात्रामा सहभागी

aDSC02991

भेडेटार फुड फेस्टिवलको अवसरमा आयोजित च्यारिटी पदयात्रामा प्रदेश सांसद उमिता बराइली पनि सहभागी थिइन् । उनी प्रमुख अतिथिकोरुपमा पदयात्रामा सहभागी भएकी थिइन् । धरानको सिंहदेवी चोकबाट बिहान ७ बजे पदयात्रा शुरु भएको थियो । त्यहाँबाट ऐतिहासिक बाटो फुस्रे, चिउरीबास हुदै पदयात्री टोली अर्को ऐतिहासिकस्थल सागुरीगढी निस्किएको थियो । करिब एक बजे भेडेटार पुगेको टोलीलाई फुड फेस्टिवल आयोजकले फुलमालाले स्वागत गरेको थियो ।

पदयात्रामा कुल ७५ जना सहभागी थिए । प्रदेश सांसद वराइली, गायक गंगा वरदान, लायन्स र लियो क्लबका सदस्यहरु, लालीगुराँस आमा समुह फुस्रे, फुलबारी आमा समुह धरान १५, मिस नेपाल आइडल मेरिना तुम्सालगायत सहभागी थिए । प्रदेश सांसद वराइलीले सरकारले गर्नुपर्ने कार्य सामाजिक संस्थाले गरेको भन्दै प्रसंसा गरिन् ।

८४ विद्यार्थीलाई स्वीटर वितरण

aDSC02963

च्यारिटी पदयात्रा टोलीले एक बालविकास र २ वटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर र टोपी वितरण गरेको थियो । पदयात्राले कन्यापोखरीस्थित कन्या आधारभुत विद्यालय, भेडेटार देवीथानस्थित कालिका आधारभुत विद्यालय र तेलनपुरस्थित बालविकास केन्द्रलाई न्यानो कपडा वितरण गरेक हो ।

सेवक अभियन्ता राजिव हलवाईका अनुसार कुल ८४ विद्यार्थीहरुलाई स्वीटर र टोपी प्रदान गरिएको थियो । ‘पदयात्रीहरुले स्वेच्छिकरुपमा गरेको सहयोगबाट कपडा खरीद गरेर दिएका हौ,’उनले भने ।

aDSC02995 aDSC02999 aDSC03005 aDSC03036