पथरी : मोरङको पथरीमा रहेको फ्रेण्डसीप चेस क्लवले राष्ट्रिय व्यापी खुल्ला बुद्धिचाल प्रतियोगीता गर्ने भएको छ ।
सहिद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगीता गर्ने भएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगीता गर्ने जानकारी दिइएको हो । सिर्जनशील र स्वास्थ्य दिमागका लागि बुद्धिचाल, स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराको साथ हुने प्रतियोगीतामा देश भरका १५० भन्दा बढि खेलाडीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ । खेलमा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ हुनेलाई क्रमस ५०, ४०, ३०, २०, १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरीने छ ।
प्रतियोगितमा नेपाल च्याम्पीयन देखि ननरेटेड खेलाडी सम्मको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।माघ ५ गते बाट सिनभिलेज पाटीप्यालेस पथरीमा सुरु हुने खेलको समापन ९ गते हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । खेलका लागि सात लाख ५० हजार अनुमानीत लागत लाग्न सक्ने संस्थाका अध्यक्ष अमिर राईले जानकारी दिए ।
प्रतियोगीतामा पथरीशनिश्चरे नगरपालिका १ मा रहेको एभरेष्ट अंग्रेजी आवासीय माविको मुख्य प्रायोजन रहने छ । पथरीशनिश्चरे नगरपालिका, छिमेकी नगर तथा गाउँपालिका, नीजि विद्यालय, उधोगी व्यवसायी, समाजसेवी लगायतबाट रकम सहयोग संकलन गरेर प्रतियोगिताको खर्च जुटाउने आयोजकले जनाएको छ ।








































































