धरान:भेडेटार एवं पर्यटनको विकास, प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै होटल एशोसिएशन भेडेटारले पत्रकार गोपाल दाहाललाई नगदसहित पुरस्कृत गरेको छ ।
सोमबारदेखि भेडेटारमा शुरु भएको सातौ भेडेटार फुड फेस्टिवलको उद्घाटन समारोहमा पत्रकार दाहाल पुरस्कृत भएका हुन् । धरानमा रहेर पत्रकारिता गर्ने दाहाल हाल अन्नपुर्ण सम्पुर्णमा समाचार संयोजक रहेका छन् । उनलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रदेश नं १ का मुख्यमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि शेरधन राईल उनलाई सम्मान पत्र र नगद प्रदान गरेका थिए । आफ्ना लेख, रचनाहरुमार्फत भेडेटारको साथै पर्यटन प्रर्वद्धनमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































