इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा मुलुकमै पहिलो पटक रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ ।सदरमुकाममा रहेको इनरुवा रङ्गशालामा अशोज २० गतेबाट रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।फुलवारी क्रिकेट क्लब इनरुवाले आयोजना गर्न लागेको प्रथम रात्रिकालीन मेयर कप क्रिकेट प्रतियोगिताको तयारी अघि बढाइएको आयोजकले जनाएको छ ।संस्थाका अध्यक्ष शिबकुमार यादकका अनुसार प्रतियोगितामा काठमाडौंसहित देशभरका १० टिमको सहभागिता रहने छ ।नेपालमै पहिलो पटक आयोजन हुन लागेको प्रतियोगितामा राष्ट्रिय स्तरका क्रिकेट खेलाडीको समेत सहभागिता रहने बताइएको छ ।प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार सहित ट्रफि पाउने छ भने दोस्रो हुनेले ७५ हजार नगद रासी पाउने आयोजकले जानकारी दिएको छ ।
मुलुकमै पहिलो रात्रिकालीन क्रिकेट इनरुवामा , देशभरका १० टिमको सहभागिता रहने
- असोज ९, २०७५ / 500 पटक पढिएको








































































