धरान : वीर गार्खाहरुको स्मृतिमा गोर्खा सेम्ष्ट्रििज ट्रस्टद्वारा शनिवार हङकङमा आयोजित सातौँ गोर्खा ट्रेल व्लेजरमा नेपालका महिला तर्फ पुष्प लिम्बु र पुरुष तर्फ सरोज लिम्बु १२ किलोमिटर दोैडमा विजेता वनेका छन् ।
पुष्पले १ घण्टा २ सेकेन्डमा दुरी पुरा गरिन । सरोजले ५० मिनटमादुरी पुरा गरेका थिए । सरोज गत सालका विजेता बेलायतका रायन वेलानको ५७ मिनटको रेकर्ड तोड्दै विजेता वनेका हुन ।
वेलान ५८ मिनट २९ सेकेन्डमा रेस पुरा गर्दै दोस्रो वने । धरान निवासी हाल हङकङमा रहेका यमनाथ लिम्बुले ५८ मिनट ५७ सेकेन्डमा रेस पुरा गरेर तेस्रो वने ।
महिला तर्फ नेपालकै पदमकुमारी सुनुवारले १ घण्टा ९ सेकेन्ड र बेलायतका एलिना विलियमले १ घण्टा १७ सेकेन्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो बनिन ।
पुष्प र सरोज गत साल धरानमा सम्पन्न तेस्रो गोर्खा ट्रेल व्लेजरका विजेता हुन । गोर्खा सेमिष्ट्रिज ट्रस्ट नेपालले यही वर्ष देखि महिला पुरुष विजेतालाई हङकङमा हुने ट्रेल व्लेजरमा सहभागिताको लागि सुरुवात गरेका हुन ।
३० किमिमा युक्रेनी वने विजेता
३० किलोमिटर दुरीको ट्रेल रेसमा पुरुष तर्फ युक्रेनका अलेक्सी मेलनिकले ३ घण्टा २२ मिनट ७ सेकेन्ड र महिला तर्फ चिनका चे क्वान लिले ४ घण्टा ३० मिनट ४७ सेकेन्डमा रेस पुरा गर्दै उपाधि हात पारेकी छन् ।
पुरुष तर्फ हङकङ चिनका चे किङ युनले ४ घण्टा १८ सेकेन्ड र फ्रान्सका स्रील गोमेजले ४ घण्टा १९ सेकेन्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो वने ।
महिला तर्फ नेपालकी हाल हङकङ बस्नु हुने दिलु लिम्बुले ४ घण्टा ३४ मिनट ४० सेकेन्ड र हङकङकी हङ किउ किम्मी लेउङ ५ घण्टा १२ मिनट १७ सेकेन्डमा रेस पुरा गर्दै दोस्रो र तेस्रो बनिन ।
प्रतियोगितामा ३० देशका ट्रेल रेस धावक धाविका दोैडिएका थिए । सातौँ गोर्खा ट्रेल व्लेजरका विजेताहरूलाई मेडल, वीर गोर्खाको चिनारी खुकुरी र गिफ्ट ह्म्पर प्रदान गरिएको थियो ।
उनीहरूलाई कार्यक्रमका अतिथि रोयल ब्रिटिस लिजन हङकङ चाइनाका ब्रान्च अध्यक्ष स्टिभ ट्रायट, लिङमा कन्स्ट्रक्सन इन्जिनियरिङका निर्देशक माया थुलुङ, ब्रिटिस कन्सुलेट हङकङ चाइनाका जेनेरल सारा रविन्सन र पिएच सीपीएस स्कुलका प्रिन्सिपल आई रिन लाईले पुरस्कार वितरण गरेका थिए ।
ट्रेल रेस हङकङको लौ सी हुङमा १२ कि.मि. र ३० कि.मि.दुई विद्यामा भएको थियो । गोर्खा ब्लड हङकङ सहआयोजक रूपमा रहेको गोर्खा ट्रेल रेसको सातौँ संस्करणमा ब्रिटिस च्याम्वर अफ कमर्श, लिङमा कन्स्ट्रक्सन, चाइल्ड वेलफेयर स्कीम, कादुरी स्टेट सहयोगी संस्थारुप थियो ।