धरान : किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको शनिवार सम्पन्न तेस्रो अधिवेशनले नरेन्द्रराज केरुङलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको छ । केरुङ तत्कालीन कार्यसमितिमा मुख्य सचिव थिए ।
अधिवेशनको चुनावी कार्यक्रमबाट उनकै अध्यक्षतामा २१ सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । अबेर साँझ घोषित कार्यसमितिको नामावली अनुसार उपाध्यक्षव्दयमा तीर्थ साउदेन र दिलु सुब्बा चयन भएका छन् ।
मुख्य सचिव दिलकुमार लाओती, सचिव द्वय दिलु लिङ्देन र प्रेम तुम्बाहाङ, कोषाध्यक्ष महेश्वर हुक्पाचोङ्बाङ चयन भएका छन् । 
कार्यसमिति सदस्यहहरुमा नारायण आङ्लाबाङ खेवाहाङ, अरुणा सुक्वाबा, शकुन्तला आङ्देम्बे, दौलतमान लिम्बु, किशोर सम्बाहाम्फे, गोपीमाया लिम्बु, धनप्रसाद केरुङ, वन्दना नेम्बाङ, फिपराज लिम्बु, गीता खजुम, मन कुमार आङ्देम्बे, मनिश हेल्लोक, पदम ताम्लिङ, धनमाया लिम्बु रहेको निर्वाचन समितिले जनाएको छ ।
चुम्लुङको विधान अनुसार प्रदेश अधिवेशनमा लिम्बुवानका ९ जिल्ला समितिबाट २÷२ जना प्रतिनिधि, केन्द्रीय समिति सदस्यहरू, राष्ट्रिय चुम्लुङ सदस्यहरू, तत्कालीन प्रदेश समिति, १२ प्रदेश समिति सल्लाहकारहरू सहित १४० जना मतदाता सहभागी हुने व्यवस्था छ ।