धरान : राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगरपालिका समितिको आयोजना तथा वडा नं. ३ समितिको संयोजनमा निर्वाचन सचेतना प्रशिक्षण सम्पन्न भएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी पौष ३० गते बुधबार धरान ३ स्थित झिगु समाजको सभा हलमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

नगर समिति सभापति सुमन श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा जेनजीआन्दोलनपछिका सरकारहरूसँग निर्वाचनसम्बन्धी कार्यमा स्वयंसेवकको रूपमा सक्रिय शरु जोशीले सहजीकरण गरेकि थिइन।

प्रशिक्षक जोशीले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्ने सम्भावना, त्यसको पारदर्शिता, साथै प्रहरी, सेना, सरकारी कर्मचारी तथा बाहिरी जिल्लामा रहेका मतदाताले पनि मतदान गर्न सक्ने व्यवस्था सुनिश्चित गर्न भइरहेका गृहकार्यबारे जानकारी दिइन। उनले निर्वाचन प्रक्रियाको हालको तयारी, सम्भावित चुनौती तथा जटिलताबारे समेत सहभागीहरूलाई सचेत गराएकि थिइन। प्रशिक्षणका क्रममा सहभागीहरूका जिज्ञासा र प्रश्नहरूको उत्तरसमेत दिइएको थियो।

पार्टीको प्रथम चरणअन्तर्गत सञ्चालन गरिएको निर्वाचन लक्षित प्रशिक्षणमा धरानका २० वडाबाट प्रतिनिधित्व गर्दै ६२ जनाको सहभागिता रहेको संगठन विभाग प्रमुख सन्दिप शाक्यले जानकारी दिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुदन श्रेष्ठ, प्रदेश सदस्य पारस गिरी, प्रदेश स्वास्थ्य विभाग सदस्य अरमान अली, नगर उपसभापति राम कार्की, नगर सदस्यहरू थङ्गबहादुर राई, अतुल श्रेष्ठ, रामकुमार राउत, भोलामान गुरुङलगायत विभिन्न वडाका सभापतिहरूको उपस्थिति रहेको थियो।

घण्टी बजाएर उद्घाटन गरिएको औपचारिक कार्यक्रममा प्रशिक्षक शरु जोशी र प्रशिक्षण संयोजक वडा नं. ३ का सभापति कृष्णराज श्रेष्ठलाई धन्यवादसहित मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन पार्टीका नगर सचिव ख्यामप्रसाद फुयाल (निलम) ले गरेका थिए।

RSP 2