धरान: महिला तथा बालबालिका संरक्षण मञ्चको १३औँ साधारण सभाबाट उमिता बराइली अध्यक्षमा सर्वसम्मत चयन भइन । बराइलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

मञ्चको उपाध्यक्ष कल्पना राई,सचिव खड्ग कुमारी राई, सहसचिव सुशीला राई कोषाध्यक्ष अमृता रामदास रहेका छन् । सदस्यहरूमा सुनिता मेन्याङवो,सुमित्रा कार्की, अनिता गुरुङ र यसोदा बराइली चयन भएका छन् । मञ्चमा २ जना थप गरी ११ सदस्यीय बनाइने संस्थाले जनाएको छ।

मञ्चको १३औँ साधारण सभामा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य सपना परियार रहेको थिइन । संयोजक भबिन विश्वकर्माको संयोजनमा सम्पन्न सभामा जिल्ला समन्वय समिति सदस्य शेषकुमारी घिमिरे र धरान–१७ की वडा सदस्य लक्ष्मी राई अतिथि रहेको थिइन ।

कार्यक्रममा उपाध्यक्ष कल्पना राईले स्वागत मन्तव्य राखिन भने सचिव खड्ग कुमारी राईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिइन ।

मञ्चकालागी वराहक्षेत्र वडा नम्बर ५ मा १ कट्ठा नम्बरी जग्गा निःशुल्क दिए बापत जग्गा दाता वराहक्षेत्र–५ कालाबन्जार निवासी समाजसेवी वाचस्पति बराल र उनकी पत्नी योगमाया बराललाई साधारण सभामा योगदानको कदर स्वरूप दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो।

barsikutsab