धरान : धरान जेसीज २०२५ का अध्यक्ष विदुर थापा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
जनकपुरमा गत पुष ४ देखि ७ गतेसम्म चलेको नेपाल जेसीजको ५२ औँ महाधिवेशनमा थापा ८७७ मत प्राप्त गरी राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएका हुन । थापाले धरान जेसीज अध्यक्षको कार्यकालमा धरान जेसीज स्वर्ण महोत्सव स्मृति स्वरूप धरान ३ चन्दपुरमा डबली निर्माण गरे ।
धरान जेसीजका पूर्व अध्यक्ष विष्णु बरालका अनुसार विदुर थापाले सन् २०११ जेसिजको सदस्यता लिएका थिए । १४ वर्षपछि उनी धरान जेसीजको अध्यक्ष बनेकै बेला स्वर्ण महोत्सव मनाउने अवसर प्राप्त गरे ।
राष्ट्रिय अध्यक्षमा जीवन कार्की
नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा रामेछाप जेसीजका पूर्व अध्यक्ष जीवन कार्की निर्वाचित भएका छन् । गत वर्ष इटहरी महाधिवेशनमा राष्ट्रिय अध्यक्ष पराजित कार्कीले यस पटक भने जीत हात पारेका हुन ।
अध्यक्षका प्रत्याशी कार्कीले ५१२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी विजय गुरुङले कुल ४६२ मत प्राप्त गरे । जेसीजको कार्यक्रमहरू समयमा नै गर्ने र नेपाल भरिका ऊर्जावान् जेसीजका युवाहरूलाई प्रशिक्षणको माध्यमबाट नेतृत्व विकास गर्ने कार्कीले बताए।


































































