इटहरी : प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रगति विवरण सार्वजनिक गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरीले चोरीका ५ थान बोलेरो गाडी नियन्त्रणमा लिएको जानकारी दिएको हो ।
विभिन्न माध्यमबाट चोरी गरेर ल्याइएका बोलेरो गाडी अर्को गाडीको नम्बर प्लेट राखेर प्रयोग गर्ने गरिएको अवस्थामा फेला परेका हुन् ।
चोरीकै एकथान मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले सम्बन्धित धनिलाई फिर्ता गरिसकेको छ । त्यस्तै मादक पदार्थ (रक्सी) सेवन गरेर सवारी चलाउने चालकबाट ११ लाख ४१ हजार रकम असुली गरेको बताइएको छ ।
ट्राफिक उल्लङ्घनका घटनालाई निर्मम बनेको प्रहरीले ध्वनि प्रदूषण फैल्याउने ६१० सवारीको हर्न निकालेको र २१४ थान मोटरसाइकलको साइलेन्सर परिवर्तन गर्न लगाइएको हो । यसबिचमा एक हजार पाँच सय ३५ यात्रुवाहक सवारीमा दैनिक भाडा दर टाँसिएको छ ।



































































