धरान : धरान जेसीजको ४२औँ शाखा अधिवेशनबाट वर्ष २०२५ का लागि सागर प्रसाईं अध्यक्षमा निर्वाचित भएका छन्। आईतवार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
निर्वाचनमार्फत सर्वसम्मत रूपमा प्रसाईं अध्यक्ष पदमा निर्वाचित भएका हुन्। कार्यकारी उपाध्यक्षद्धय पदमा जेसी साहिल भुजेल र जेसी शुभम् शाक्य उम्मेदवार रहेका छन्।
त्यसै गरी उपाध्यक्ष पदमा जेसी जोश साह, जेसी प्रेशिका निरौला, जेसी भिन्द्रा श्रेष्ठ र जेसी पूजा अग्रवाल उम्मेदवार रहेका छन्।
अधिवेशनको निर्वाचन प्रक्रिया वर्ष २०२५ का निर्वाचन अधिकृत आयुष्मा शाक्यले सम्पन्न गराएका थिए। निर्वाचन अधिकृत शाक्यले संस्थागत विधि, पारदर्शिता र लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचन सम्पन्न गरिएको आयोजकले जनाएको छ।


































































