धरान : धरान ख्रिष्टीयन उत्सवको अवसरमा नेपाल पत्रकार महासङ्घ सुनसरी र धरान ख्रिष्टीयन समाजबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

सोमबार धरान–१५ स्थित बिग फुटसलमा सम्पन्न खेलमा धरान ख्रिष्टीयन समाजले नेपाल पत्रकार महासङ्घ सुनसरीलाई ८–६ गोलले पराजित गर्दै विजयी भएको हो।

मैत्रीपूर्ण फुटसलका प्रमुख अतिथि कोशी प्रदेश एन्फा अध्यक्ष किशोर राई रहेका थिए । उनले खेल शारीरिक तन्दुरुस्ती र स्वास्थ्यका लागि महत्त्वपूर्ण हुने बताए। धरान ख्रिष्टीयन समाजले नेपाल पत्रकार महासङ्घ सुनसरीको पत्रकार कल्याण कोषका लागि नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

ख्रिष्टीयन समाजले पुस ३ गते धरानको भानु चोकमा ख्रिष्टीयन उत्सव आयोजना गर्ने तयारीसमेत भइरहेको जानकारी दिएको छ।