धरान : धरान नगर अन्तर वडा महिला नकआउट रनिङकप फुटबल प्रतियोगिताको को उपाधि  धरान २०ले चुमेको छ ।
धरान रङ्गशालामा शनिवार भएको फाइनल खेलमा धरान ११ लाई १–० ले पराजित गर्दै धरान २०ले उपाधि चुमेको हो । खेलको ३१ औ मिनेटमा  सञ्जिता राईले गरेको गाले नै धरान २० लाई निर्णयक गोल बनायो ।
उपाधिसँगै धरान २० ले नगद  ९० हजार पुरस्कार सहित ट्रफी,मेडल प्राप्त गरेको छ । उपविजेता धरान ११ ले नगद ४५ हजारमा चित्त बुझाउनु प¥यो ।
प्रतिस्पर्धात्मक खेल धरान ११ को तर्फबाट कयौँ प्रहार विफल हुँदा धरान ११ ले उपविजेता मा चित्त बुझाउनु परेको हो ।
फाइनलको म्यान अफ द म्याच धरान २० का सञ्जिता राई घोषित भइन ।उनले नगद १ हजार ५ सय प्राप्त गरे ।व्यक्तिगत विधाको पुरस्कारमा पनि धरान २० ले वर्चस्व कायम गर्‍यो ।
वेस्ट गोलकिपर धरान २० की अनिशा राई, बेष्ट कोच दिनेश राई घोषित भए । उनीहरूले जनही नगद ३५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्लेयर अफ टुनामेन्ट धरान २० का विजेता राई घोषित भइन ।उनले नगद ५५ सय सहित ट्रफी र मेडल प्राप्त गरिन । धरान ११ को तर्फबाट बेष्ट मिड फिल्डर अनिसा राई, हाईस्कोरर शिक्साा याक्खा, राईजिङ प्लेयर प्रशंसा राई घोषित भए । उनीहरुले  जनही  नगद ३५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।