धरान : नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा ‘टिभिएस एक्सचेन्ज मेला’ धरानमा सञ्चालन हुने भएको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण ट्रेड्सले मंसिर २८ गतेदेखि पौष ४ गतेसम्म मेला आयोजना गर्ने जनाएको छ।
मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक वा स्कुटर खरिद गर्न सकिनेछ। ग्राहकलाई लक्षित गर्दै मेलामा विशेष अफरहरू उपलब्ध गराइने आयोजकले जनाएको छ।
अफरअन्तर्गत पुरानो सवारीको न्यूनतम मूल्यांकन रु ३० हजारसम्म, रु ८ हजारसम्म क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट तथा लाइफटाइम वारन्टी प्रदान गरिनेछ। साथै नागरिकतामात्रैका आधारमा फाइनान्स सुविधा पनि उपलब्ध रहेकाे जगदम्बा मोटर्सले जानकारी दिएकाे छ।
न्यु कुष्ण ट्रेड्सका अनुसार मेलाले पुरानो सवारी साटेर नयाँ टिभिएस घर लैजान चाहने ग्राहकका लागि उत्कृष्ट अवसर प्रदान गर्नेछ।


































































