धरान  : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २० औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२,दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा नोवेल एकेडेमी,आइडल बोर्डिङ स्कुल र कार्मेल हाईस्कुल विजयी भएका छन । 

शुक्रबार भएके दोस्रो दिनको खेलमा तीन खेल सम्पन्न भएका छन्। दास्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमीले एप्पल मन्टेश्वरीलाई ८–० गोले पराजित गर्दे नोबेलले एकतर्फी जीत दर्ता गर्यो ।

खेलमा नोबेल स्कुलका तर्फबाट सोहन राईले ३ गोल,डेनिल लिम्बूले २ गोल,रेहान रसाइलीले १ गोल,सायाहाङ राईले  १ गोल र १ गोलआत्मघाती गोल भएको थियो । सबै गोल मध्यान्तरअघि नै भएका थिए। खेलको म्यान अफ द म्याच नोबेल स्कुलका सोहन राई भए । उनलाई नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले पुरस्कार प्रदान गरेका थिए। 

आइडल बोर्डिङ स्कुलको उत्कृष्ट जीत

दोस्रो खेलमा आइडल इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेण्डरी बोर्डिङ स्कुललाई ९–० गोलले पराजित गर्दै शानदार जीत निकालेको छ।

आइडल स्कुलका सौरभ राईले  ३ गोल,रिकेश खत्रीले ३ गोल,सुजल भट्टराईले २ गोल,सिर्जल गिरीले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आइडल स्कुलका रिकेश खत्री घोषित भए । उनलाई सिद्धार्थ शिशु सदनका शिक्षक प्रदीप सुवेदीले पुरस्कार प्रदान गरेका थिए । 

कार्मेल हाईस्कुलले  सिद्धार्थ शिशु सदनलाई ४–० ले पराजित

आजको अन्तिम खेलमा कारमेल हाई स्कुल धरान–१८ ले सिद्धार्थ शिशु सदन धरान–१६ लाई ४–० गोलले पराजित गर्दै जित निकालेको छ।

खेलमा कार्मेल स्कुलका युवराज राजवीर यादवले ३ गोल,सुनेश लिम्बूले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच युवराज राजवीर यादव घोषित भए । उनलाई प्रदीप सुवेदीले पुरस्कार प्रदान गरे 

नकआउट शैलीमा हुने यो प्रतियोगिताकोलागि धरानभित्र र बाहिर गरी १६ विद्यालयहरूको सहभागिता रहेको छ । डिपो कप विजेताले रनिङ शिल्ड सहित नगद ११ हजार १११ रुपैयाँ पुरस्कार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेताले नगद ७ हजार १११ रुपैयाँ ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुने विद्यालयले नगद ५ हजार १११रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ ।

प्लेट च्याम्पियनसिपमा प्रथम हुने विद्यालयले नगद ३ हजार १११ रुपैयाँ रनिङ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । प्लेट रनर अप ले नगद २ हजार१११ रुपैयाँ सहित रनिङ शिल्ड प्रमाणपत्र सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पहिलो आउनेलाई पहिलो दर्ता गरिने नियमअनुसार प्रतियोगितामा १६ विद्यालय रहेको हो । प्रतियोगिताको अन्तिम खेल पुस ३ गते हुनेछ । डिपो कपमा पहिलो खेलमा पराजित विद्यालयहरूबिच पनि प्रतियोगिता हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार लिम्बूको सम्झना हुने यो प्रतियोगितालाई लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ दिइएको हो।

भोलि शनिबार हुने खेल  हिमशिखर सेकेण्डरी स्कुल र नेपाल प्रहरी स्कुल,लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल रमाउण्ट हर्मन एकेडेमी,प्रभात इङ्लिस बोर्डिङ स्कुल र इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल,युनाइटेड गोर्खा एकाडेमी र धरान इङ्लिस बोर्डिङ स्कुल बिच हुने छ ।

man-of-the-match