वराहक्षेत्र : फागुन २१ को प्रतिनिधि सभा चुनावकालागि प्रत्यक्षतर्फ नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिफारिस गरेको छ ।
२०७४ र ०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका कार्की सहित नेपाली काँग्रेस सुनसरीले हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको नाम सिफारिस गरेको हो । कार्की क्षेत्रमा विकासप्रेमी, इमानदार नेताको रूपमा लोकप्रिय र जनप्रिय रहेका छन् ।
त्यस्तै समानुपातिकतर्फ राधिका कटुवाल, सुशीलादेवी खनाल, अबुलहुसेन अन्सारी, जमिल अख्तर मियाँ, इर्फान मियाँ, प्रमोद खेर वार, नगमा शाहिद, उपेन्द्रबहादुर कटुवाल,अल्लाउदिन हुसेनको नाम सिफारिस भएको हो।
राष्ट्रिय सभातर्फ नन्दकुमार सिग्देल, सूर्यदेव दास उराँव, परमानन्द मेहता, शुद्धादेवी सरदार, डिल्लीबहादुर कार्कीको नाम सिफारिस भएको हो
































































