धरान : धरानमा पहिलो पटक आयोजीत यु–१३ नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन धरान–१४ का मिङ्गसोहाङ लिम्बू बनेका छन ।
विजेताको उपाधिसँगै मिङ्गसोहाङले नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनि धरान–१२ स्थित पब्लिक हाइस्कुल कक्षा ८ को विद्यार्थी हुन ।
उपविजेता निशान शेर्पाले नगद ३ हजार, तेस्रो स्थानमा रहेका समर्थमान श्रेष्ठ र सुवन चेम्जोङले नगद १५००÷१५ ००सय, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
खुला प्रतियोगिता बी–लेभल डबल्समा गौरव लिम्बू र निर्मला राईको जोडी प्रथम बने । सुवास लिम्बू र हरि मगरको जोडी दोश्रो भए । नुनिराम राई÷भावना राई र राजकुमार राई÷भुवन राईको जोडी तृतीय स्थानमा रहे ।
विजेताहरुले नगद २० हजार, उपविजेताले १० हजार ५ सय र तेस्रो हुनेले ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिता धरान–१५ वडा कार्यालयको सहकार्यमा नौलो पथ व्याडमिन्ट क्लबले आयोजना गरेको हो । खेल सुनसरी जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सम्पन्न भएको छ ।
प्रथम पुरस्कार सिप्रदी अटो पाट्र्सले प्रायोजन गरेको हो । प्रतियोगिता स्थानीय तहमा व्याडमिन्टन खेलप्रति आकर्षण बढाउने, स्कुल तहदेखी प्रतिभावान खेलाडी पहिचान र प्रोत्साहन गर्न आयोजना गरिएको बताइएको छ ।
समापनको अवसरमा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र बिक्रम बेघाले पुरस्कार वितरण गरे । उनले भने ‘खेलकुदले समाजमा एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा विकास गर्न सघाउ पु¥याँउछ ।’
प्रतियोगीतामा यु–१३ सिंगल, बी–लेभल डबल्स सहित विभिन्न समूहको प्रतिस्पर्धा गरिएको थियो । आयोजक नौलो पथ व्याडमिन्टन क्लबले आगामी वर्ष प्रतियोगितालाई अझ विस्तार गरी धरान नगर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने तयारी गरेको जनाएको छ ।

































































