धरान : सुनसरी जिल्ला प्रहरी कार्यालयले इटहरी-२० का गोविन्द तामाङलाई ८ ग्राम ८९ मिलिग्राम ब्राउसुगर सहित मङ्गलवार पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी झापाको हाल्दिबारी–३ का धनबहादुर बन र २ का राम मर्डीलाई ३ ग्राम ८३० मिलिग्राम वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले ३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
बिर्तामोड बसपार्कको प्रहरी टोलीले बिर्तामोड-५ का आदेश दर्जीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय झापाले कमल गाउँपालिका-३ का दिलीप कुमार भुजेललाई ८ ग्राम ३ सय ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।


































































