काठमाडौं : नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत ५२ वर्षीय गोबिन्द पोखरेल उपचार खर्चको अभावमा गम्भीर अवस्थामा परेका छन् । सुन्दरहरैचा नगरपालिका–१० मोरङ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-९, काठमाडौं बस्दै आएका पोखरेल गत असोज २३ गते रूखबाट लडेपछि गम्भीर चोटपटक लागेर अस्पताल भर्ना भएका हुन् ।
हाल उनलाई आईसीयुबाट एचडियुमा सारिएको छ । पहिलो चरणको शल्यक्रिया सम्पन्न भए पनि दोस्रो चरणको शल्यक्रिया गर्न नसकिएको उनकी श्रीमती भगवती पोखरेलले जानकारी दिइन् । उनका अनुसार कम्मरदेखि मुनिको भाग नचल्ने भएकाले थप उपचारका लागि ठूलो रकम आवश्यक परेको छ ।
दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका पोखरेल परिवारका मुख्य आम्दानी स्रोत नै बिरामी परेपछि उपचार खर्च जुटाउन कठिनाइ भएको श्रीमती भगवतीले बताइन् । उनका अनुसार हालसम्म करिब पाँच लाख रुपैयाँ खर्च भइसकेको छ भने तत्काल दोस्रो चरणको शल्यक्रियाका लागि करिब तीन लाख रुपैयाँ आवश्यक छ ।
श्रीमती भगवती पोखरेलले श्रीमानको उपचारका लागि सहयोगी मनहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेकी छन् ।
सहयोगका लागि विवरण :
नबिल बैंक खाता नं.: 0910017502933 (भगवती पोखरेल)



































































