धरान : नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङ झापाको मेचीनगर-६ बाट १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोली सोमवार चेकजाँचको क्रममा तामाङलाई ब्राउनसुगर सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट धादिङका ३० वर्षीय विष्णु अधिकारी ९ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैबिच मोरङको केराबारी-८ का १९ वर्षीय आशिष श्रेष्ठ ३ ग्राम १८ मिलिग्राम सहित पक्राउ परेका छन् । उनलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर-१५ बाट ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।