धरान: धरान सिटी फुटबल क्लबको आयोजनामा कात्तिक २२ देखि २९ सम्म प्रथम नगर स्तरीय अन्तर  क्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

धरान रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आयोजक सहित धरानका ८ टिमले सहभागिता जनाउने शनिवार पत्रकार महासङ्घ सुनसरीको हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवेक राईले जानकारी दिए ।

प्रतियोगितामा धरान सिटी फुटबल क्लब धरान ११, फेयर फुटबल क्लब धरान १७, स्वर्णिम क्लब धरान १०, लिब्जु युवा क्लब धरान ६, टेम्के फुटबल क्लब धरान १८, पट्नाली फुटबल क्लब धरान १७, यलम्बर फुटबल क्लब धरान ११, प्रगति फुटबल क्लब धरान १६ सहभागी हुने भएका छन् ।

आयोजकका अनुसार प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छ । विधागत पुरस्कारमा ३ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ ।