सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्क चौकबाट १ सय ९७ ग्राम ६ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
असोज २४ गते साँझ करिब ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा इनरुवा-४ का ३३ वर्षीय कृष्णकुमार मेहतालाई पक्राउ गरेको हो।
उनको साथबाट सो मात्राको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका मेहतालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।