वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. ६ चक्रघट्टिमा रहेको दुर्गा काली मन्दिरमा धूमधामले हर्ष बढाइँका साथ फूलपाती भित्र्याइयो छ । विजया दशमीको सातौँ फूलपातीको दिन सोमवार धूमधामले फूलपाती भित्र्याइएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष ईनु अधिकारीले बताउन् ।

कार्यक्रममा वडा नं. ८ का अध्यक्ष रोशन खड्का, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवर, उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, जीवन विज्ञानका पदाधिकारी, जनप्रतिनिधिहरू, प्रहरी टोली, विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू, नौमती बाजा, विभिन्न जातीय झाँकीको टोली सहभागिता रहेको थियो ।
मन्दिरबाट बाजागाजा सहित सुरु भएर फूलपाती उत्सव खानेपानी लाइन, फिल्म हल लाइन, रेल्वेलाईन, मुनाल चौक, बसपार्क, महेन्द्र मावि, बुधबारे हुँदै चक्रघट्टि परिक्रमा गरिएको थियो। दुर्गा काली मन्दिर परिसरमा राखेको फूलपाती नौ वटी देवीको प्रतीक बजार परिक्रममा गरी मन्दिरमा भित्र्याइएको थियो ।