धरान : प्रहरीले सुनसरीको कोशी गाउँपालिका-७ बाट आज आइतबार बिहान २ बजेको समयमा १८ बोरा गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अस्थायी प्रहरी चौकी हरिपुरको चाडपर्व विशेष सुरक्षा गस्ती टोलीले पूर्व पश्चिम लोकमार्गको सडक किनारामा बेवारिसे गाँजा बरामद गरेको हो ।
उक्त गाँजा १८ वटा प्लास्टिकको बोरामा प्याक गाँजाको परिमाण ६३७ केजी ४५ ग्राम रहेको बताइएको छ । गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ ।
यसैगरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाटको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान-१७ की लीला देवी रामलाई ६ केजी ८४६ ग्राम र लहान-८ की अस्मिता रामलाई ५ केजी ६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।