धरान : हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान साथै अन्य प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
यस्तै, आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।