धरान : प्रहरीले आज शुक्रवार बिहान डेढ बजेको समयमा वराहक्षेत्र-५ बाट ३४० केजी गाँजा सहित कारलाई नियन्त्रणमा लिएको छ।
गाँजा बोकेको कार सडक छेउ साइड लगाएर राखेको बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
इलाका प्रहरीको गस्ती टोलीले भारतीय नम्बर प्लेट बीआर ११ बीआर ७१०२ नम्बरको कारलाई शङ्कालागी चेकजाँच गर्दा कार भित्र प्लास्टिकमा पोको पारी राखेको ३४० केजी गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए सँगै ओसारपसारमा संलग्न व्यक्तिहरूको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।