धरान : धरानमा जेनजीको नाममा भाटभटेनी डिपार्टमेन्ट बाहेकका ठाउँमा भएको तोडफोड, लुटपाट र आगजनी गरिँदा ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय धरानमा आज आईतबार सम्म किटानी जाहेरी दर्ता गर्नेहरूको सङ्ख्या १२ जना पुगेको छ । डिएसपी प्रकाश जवेगुका अनुसार १२ जना निवेदकहरूले करिब ५ करोड बराबरको क्षति विवरण बुझाएका छन् ।aagjani-2किटानी जाहेरीमा जेनजीको नाममा तोडफोड, लुटपाट र आगजनीको अपराधमा संलग्न हुने हालसम्म २५ जनाको नाम उल्लेख छ । घट्नामा संलग्नहरूको नाम भने सार्वजनिक गरिएको छैन । नेपाली काँग्रेस धरानले आज आइतबार दिएको जाहेरी १७ जनाको नाम किटानी गरिएको छ । २० लाख ४७ हजार क्षतिपूर्ति दाबी गरेको छ ।

नेकपा एमालेले ५ जना विरुद्ध किटानी जाहेरी र ५० जना संलग्न रहेको निवेदन दिएको छ । क्षतिपूर्ति २० लाख रुपैयाँ बराबरको विवरण बुझाएको छ । नेकपा माओवादीले २० जना विरुद्ध किटानी जाहेरी दिएको छ ।आक्रमणमा ४० जना संलग्न रहेको सूचि सहित निवेदन दिएको छ । क्षतिपूर्तिका लागि ४१ लाख २९ हजार क्षति विवरण बुझाएको छ ।

प्रहरीमा हाल सम्म जाहेरी दिनेहरूमा धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख मनोज मेन्याङवो, निवर्तमान उपमेयर मञ्जु भण्डारी, एमाले नेता मुरारी सुवेदी, पुर्वसांसद जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल छन् ।

यस्तै नेपाली काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, काँग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ र निवर्तमान उपमेयर भण्डारीको घरमा डेरा गरी बस्ने सुनिता पोखरेल, नेपाली काँग्रेस धरान, नेकपा एमाले धरान, नेकपा माओवादी केन्द्र धरान छन् ।

इलाका प्रहरी प्रमुख डिएसपी जबेगुले उजुरीकर्ताहरूका घटनाको सुक्ष्म ढङ्गले खोज अनुसन्धान भईरहेको बताए । घटनामा संलग्न व्यक्तिहरूको नाम किटान गरी जाहेरी भई सकेतापनि तालुकवाला कार्यालयबाट निर्देशन नआएकाले कारबाही प्रक्रिया अगाडी बढाउन ढिलाई भएको उनको भनाई छ ।

उनले भने ‘माथिबाट आदेश आएपछि कारबाही प्रक्रिया तुरुन्त सुरु गछौं, घटनामा संलग्न कोही दोषी उम्कन पाउदैनन र उन्मुत्ती पाउदैनन, ढुक्क हुनुस् । कारबाही प्रक्रिया अगाडी बढ्छ ।’

यसअघि होटेल कञ्चनजङ्घामा भएको तोडफोड, लुटपाट र आगजनीको घट्नामा संलग्न १३ जनाको नाम किटान गरी सञ्चालक तथा धरानका पूर्व मेयर मनोजकुमार मेन्याङबोले मङ्गलवार इलाका प्रहरीमा जाहेरी दर्ता गराएका थिए । ६७ लाख बराबरको क्षति विवरण बुझाएका थिए । होटेलबाट ६ लाख रुपैयाँ नगद समेत लुटिएको थियो ।

जाहेरी दिन काँग्रेस, एमाले नेता,कार्यकर्ताहरू सहित ठुलो सङ्ख्यामा इलाका प्रहरी कार्यालय पुगेका थिए । नेकपा माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बुले भने ‘आन्दोलनको बेला राजनीतिक दलले धरानमा प्रतिकार गरेको भए ठुलो दुर्घटना हुन्थ्यो, दलहरूले संयममता अपनाएको कारण ठुलो दुर्घटना हुनबाट धरान बचेको हो ।’

congreshemalemaobadi