धरान: धरानमा पहिलो पटक जारी अन्तर क्लब महिला फुटबल मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा फेयर फुटबल क्लबले धरान १३ स्पोर्टिङ क्लबलाई  ३-०गोलले पराजित गरेको छ ।

धरान रङ्गशालामा शनिबार भएको खेलमा फेयर फुटबल क्लब सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफको ९ औ मिनेटमा फेयर फुटबल क्लबकि किरण लिम्बुले पहिलो गोल गरिन् । उनले  १२औँ मिनेटमा थप दोस्रो गोल   गरिन् ।

फेयर क्लबकै आषिका कार्कीले दोस्रो हाफको २२औ मिनेटमा१ गोल गरिन् ।

खेलको वुमन अफ द म्याच नम्रता राई घोषित भईन् । उनले नगद २  हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगिता सिटी फुटबल क्लबको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा व्यक्तिगत विधा उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल किपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्ड,उत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने छ ।प्रतियोगिता अवधिभर हरेक दिन खेलको म्यान अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने छ ।

उत्कृष्ट कोच तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।