धरान : नेकपा माओवादी केन्द्र सम्बद्ध सङ्गठन किराँती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा रामकुमार राई पासाङ सर्वसम्मत चयन भएका छन् । पार्टी केन्द्रीय सदस्य पासाङ पूर्व मन्त्री र खोटाङ जिल्ला सङ्घीय सांसद हुन ।

यसैगरी लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा अध्यक्षमा पुन मुक्सामहाङ मेन्याङ्बो मुकेश सर्वसम्मत चयन भएका छन् ।

दुवै मोर्चाको सोमबार धरान भएको राष्ट्रिय महाधिवेशनबाट किराँती मोर्चा नेपालको ५५ सदस्यीय केन्द्रीय कार्यसमिति गठन भएको छ ।समितिको वरिष्ठ उपाध्यक्ष तिलकप्रसाद राई, उपाध्यक्षहरू सुशील बान्तवा राई, अर्जुन जम्नेली र ज्ञान बहादुर राई र महासचिवमा वसन्त बान्तवा सर्वसम्मत चयन भएका छन् ।सचिवहरू विर्सिका राई, सन्तोष मुकमिङ, देवान तिलुङ राई, दिनेश किराँती र कोषाध्यक्ष  कृपा राई सर्वसम्मत चयन भएका छन् ।

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष मुकेशको अध्यक्षतामा ११७ सदस्यीय समिति गठन भएको छ ।

उपाध्यक्षहरू संखध्वज नेम्बाङ, प्रेम मिभक, तेजमान कन्दङवा, चेतना श्रेङ र सेर बहादुर तुम्बापो तथा महासचिव पकन्दी लिम्बु सर्वसम्मत चयन भएका छन् । सदस्यहरू देवानसिंह लिम्बु, राजेन्द्र कन्दङवा लगायत रहेका छन् ।

दुवै मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलनको पूर्व प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार उद्घाटन गरेका थिए ।