धरान : धरान र वराहक्षेत्रमा प्रदेश सरकार, प्रदेश सांसद कोष, गुम्बा व्यवस्थापन समितिको सहयोगमा निर्माणाधीन सामाजिक सेवाका संस्थागत भौतिक निर्माण कार्यहरूको नेपाली काँग्रेसको टोलीले स्थलगत अनुगमन गरेको छ ।

धरान-५ मा निर्माणाधीन दशघरे समाजको सामुदायिक भवन, धरान-१५ मा निर्माणाधीन ओखलढुङ्गा सेवा समाजको भवन, धरान-१५ मै निर्माण भइरहेको ङ्युने लाखाङ गुम्वाको ध्यानकेन्द्र, धरान-८ मा निर्माण भइरहेको श्री हिमालय महायामन रिन्छेन छ्योलिङ बुद्धिस्ट गुम्वाको पानी टङ्की र बराह नगरपालिकाकाको वराहक्षेत्र मन्दिरको निर्माणाधीन भौतिक संरचनाको अनुगमन गरेको हो ।

निर्माणाधीन अवस्थामा रहेका भौतिक योजनाहरू समयमै पुरा गराउन अनुगमन गरिएको काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिले जनाएको छ ।

काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिको अगुवाइमा भएको अनुगमन टोलीमा काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, क्षेत्र १ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, क्षेत्रीय सदस्य ध्रुव गिरी, प्रदेशसभा समिति कोषाध्यक्ष रविना सुब्बा गुरुङ सहभागी थिए ।

साथै धरान नगर उपसभापति सन्तोष लिम्बु, प्रदेशसभा सदस्य विष्णु मोक्तान, वडा सभापतिद्धय कुमार देवान र डम्बर गुरुङ, वडा सचिव गजेन्द्र लिङ्थेप, आदिवासी जनजाति महासङ्घ, प्रदेशसभा सभापति भावना चित्रकार लगायत सम्मिलित थिए । अनुगमनको समन्वय र संयोजन क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गरेका थिए ।

Nirmaradhin karya purnata anugaman 2

Nirmaradhin karya purnata anugaman 3