इटहरी : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेमा हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । कोशी प्रदेशका ५२ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बिहीबार दाबी पेस गरेका हुन् ।

नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस भएको छ । मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख खापुङले परामर्श गर्ने समय लिएका छन् ।

कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका छन् ।