धरान : बडि बिल्डर रमेश फोम्बो धरानको उत्कृष्ट शारीरिक सुगठन 'मिष्टर भिजन’' घोषित भएका छन् । उनी भिजन फिटनेस सेन्टरका सदस्य हुन ।

धरानमा शनिवार भएको धरान उपमहानगरका फिटनेस सेन्टरहरूका बडि बिल्डरहरुको प्रतियोगितामा फोम्बोले ‘मिष्टर भिजन’को उपाधि चुमेका हुन ।

६० केजी तौल समूहको प्रथम उपाधि सँगै उनले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगीयतामा दोस्रो उपाधि एनिटाइम फिटनेसका उमेश राई घोषित भए । उनी ७५ केजि तौल समूह विजेता भएका हुन । उनले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

५५ केजि तौल समूहबाट धरान व्यायामशालाका अनुप लिम्बु तेस्रो घोषित भए । ६५ केजि तौल समूहबाट झुनाज फिटनेसका सागर लिम्बु चौथो भए । उनीहरूले क्रमशः जनही १५ हजार र १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको व्यक्तिगत उपाधिहरूमा वेस्ट पोजर उपाधि एनिटाइम फिटनेसका उमेश राई, मोस्ट इम्प्रुभमेन्ट उपाधि भिजन फिटनेसका विनोदकुमार नेपाली, वेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लबका सन्तोष विश्वकर्मा र वेस्ट टिम उपाधि आयोजक भिजन फिटनेसले जितेका छन् ।

उनीहरूलाई जनही नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजि तौल समूहबाट १८ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

धरान-१३ धरान वेन्क्वेट पार्टी प्यालेसमा भएको मिष्टर भिजन प्रतियोगिता भिजन फिटनेसको आयोजनामा भएको हो ।

समापनको अवसरमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा लगायतले विजेताहरूलाई पुरस्कार प्रदान गरे । सभापतित्व भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले गरेका थिए ।

प्रतियोगिताको मुख्य निर्णायकमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, इश्वरलाल उदास, नवनीत प्रधान र सिता राई श्रेष्ठ थिए ।

समापनको अवसरमा खेलकुद पत्रकारिताबाट योगदान पुर्‍याएकोमा फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई सम्मान गरिएको छ ।

Mr-Vision-2