धरान : डिपो स्कुल डिपो आदर्श बहुमुखी क्याम्पसमा २०८० सालको वार्षिक खेलकुद उत्सव सम्पन्न भएको छ ।
उत्सवमा भएको खेलकुद प्रतियोगितामा यसपालि उत्सव च्याम्पियनको उपाधि म्यानेजमेन्ट फेकल्टिले चुमेको छ ।
म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सवको च्याम्पियन उपाधिमा कब्जा जमाएको हो ।
साइन्स फेकल्टि १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भए । विविएसले ४ गोल्ड, ३ सिल्भर र २ व्रन्ज मेडल जित्दै तेस्रो भए ।
विविएस र म्यानेजमेन्ट टिम बिच बास्केटबल खेलको फाइनल खेल सहित शुक्रवार च्याम्पियन टिमलाई विजेताको ट्रफि प्रदान गर्दै उत्सवको समापन गरिएको छ ।
फाइनल खेलमा विविएस ३७-१८ अङ्कको अन्तरले विजयी भएको छ । खेलकुद उत्सवमा एथ्लेटिक खेल तर्फ महिला पुरुष १०० मि। २००मि।, ४००मि।, ८००मि।, १५००मि।, ३००० मिटर रेस, हाई जम्प, लङ्गजम्प, ट्रिपल जम्प, सर्ट पुट प्रतिस्पर्धा भएको थियो ।
फुटबल, बास्केटबल, भलिबल, सेपाकटेक्रो, ब्याडमिन्टन र चेस खेल सम्पन्न भएको थियो । खेलकुद उत्सवका विजेता तथा उपविजेता सम्पूर्ण खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरेको छ ।
उनीहरूलाई समापनका सभापति क्याम्पस प्रमुख राजकुमार राई, प्रमुख अतिथि व्यवस्थापन समिति अध्यक्ष हर्क राई, सदस्य सुर्यपन्धाक लिम्बु, सहायक क्याम्पस चिफ डा. एनएल राजवंशी, साइन्स फेकल्टि संयोजक विरान लिम्बु, शिक्षक ताजुव लिम्वुले पुरस्कार वितरण गरे ।
विद्यार्थीहरूलाई क्षमता अभिवृद्धिमा सहयोग पुर्याउन डिपोले प्ले ग्रुप देखि विविएस कक्षा सम्म प्रतिस्पर्धात्मक खेलकुद उत्सव गराउँदै आएको बताएको छ ।
उत्सवमा म्यानेजमेन्ट, साइन्सका ११, १२ कक्षा र पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका विविएस विद्यार्थीहरू सहभागी थिए । खेलकुद उत्सवका खेल कलेजको खेल मैदानमा भएको थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        