काठमाडौँ : ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) पुनः विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औँ स्थानमा परेको छ। केही समय अघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औँ स्थानमा परेको हो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न  मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो ।

यसअघि सन् २०२२ का लागि 'एलओडी' सय क्लबले ५२ औँ स्थानमा प्रवेश पाएको थियो ।

यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९ औ स्थानमा पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए । क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको उनको भनाइ छ । 

उनका अनुसार पाँच सय क्लब सहभागी भएका थिए । गएराति बुधवार डिजे विश्वका उत्कृष्ट क्लबहरूको र्यां किङ स्थान सार्वजनिक गरेको हो ।

विश्वका सय वटा उत्कृष्ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने उनको भनाइ छ ।

'एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो,' कुँवरले भने,'टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ । क्लबलाई थप आकर्षक बनाएर लैजानलाई प्रेरणा प्राप्त भएको छ ।' 

एलओडी उत्कृष्ट क्लबको सूचीमा पर्दा विश्वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ ।

क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको उनले बताए । कुँवरको रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटक मनोरञ्जन गर्न आउँदा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । व्यवसायकि रूपमा डिजेइङ क्षेत्रमा लाग्नेहरूका लागि खुसी खबर रहेको उनको भनाइ छ। 'व्यावसायिक रूपमा डिजेइङमा लाग्दा उनीहरूले विश्वभर चिनिने अवसर पाउँछन्,' उनले उत्साहित भने ।

क्लब चार वर्षअघि स्थापना भएको हो । क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ । एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ । क्लबमा करिब १५० कर्मचारी कार्यरत छन् ।