धरान : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)को 'खास पत्रकार हुँ' भन्दै असुली धन्दा गरेको आरोपमा धरान-१३ का स्थानीयले एक जनालाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।
सूचना तथा प्रसारण विभागको परिचयपत्र बोकेका तीर्थ बहादुर गुरुङलाई स्थानीयले प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले पुष्टि गरे।
उनले आफूले थप अपडेट लिएर जानकारी दिने समेत बताए ।










































































