धरान : गएको असार १० गते उद्घाटन भएर स्थगित भएको धरान उपमहानगरपालिकाको एघारौँ नगरसभा आज पुन हुदैछ । 

आज बिहान धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा धरान उपमहानगरपालिकाको मेयर र उपमेयर कोषको बारेमा सहमति भएपछि अहिले केही बेरमा नगरसभा हुदैछ । निर्धारित समय दिउसो १ बजे नगर सभा हुने भनिएकोमा अहिले सम्म नगरसभा सुरु भएको छैन । 

बिहान धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक निकै अबेर मात्रै सम्पन्न भएकोले नगरसभाको समय अलि पछि धकेलिएको हो । बिहानको कार्यपालिका बैठकमा मेयर र उपमेयर कोष छुट्टा छुट्टै नभएर अव १ करोड ७० लाख रुपैयाँ मेयर/उपमेयर कोष संयुक्तरुपमा रहनेगरी नगरसभामा पेस गर्ने निर्णय गरेको छ । 

आजको नगरसभाले धरान उपमहानगरपालिकाको २०७९/०८० को बजेट पास गर्नेछ । नगरसभा सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभा हलमा हुदैछ । 

कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारणको भिडियो :